logo image
  • को हुन् कोइराला
  • कार्ययोजना
  • प्रेस/समाचार
  • सहकार्यका लागि
author
चुनाव चिन्ह ‘लौरो’

परिवर्तन र रुपान्तरण हाम्रै पालामा

आश्वासन वा प्रतिवद्दता, यसपाली नागरिकले छुट्याउनेछन्।
हाम्रो अभियानमा हजुरहरुको सहयोग अपरिहार्य छ।

राजन कोइराला

नागार्जुन नगरपालिका
मेयर उम्मेदवार (स्वतन्त्र)

को हुन् कोइराला

राजन कोइराला नागार्जुन नगरपालिकाका एक सामान्य नागरिक हुन्। केवलपुर, धदिङ्गमा सामान्य कृषक परिवारमा जन्मेका कोइरालाको बाल्यकालको अर्ध-हिस्सा त्यहिँ बित्यो र पढाईको शिलशिलामा काठमान्डौ आइपुगे। साविकको सितापाइला गाविसमा आफ्नो बाल्यकाल बिताएका उनले साइरियस माविबाट एसएलसी प्रथम श्रेणीमा उत्रिण गरेपछि पिपल्स क्याम्पसबाट राजनीतिशास्त्र, अंग्रेजी र पत्रकारितामा प्रविणता प्रमाणपत्रको स्वर्ण पदक प्राप्त गरे। त्यसपछि उच्चशिक्षाको लागि अमेरिका गएका कोइरालाले अमेरिकास्थित टेक्सास राज्यको दुई उत्कृष्ट विश्वविद्यालयबाट पत्रकारितामै स्नातक र स्नातकोत्तर डिग्री हासिल गरेर स्थाई रुपमा नेपाल फर्केका हुन्।

आफ्नो माटो, आफ्ना नाता-कुटुम्भ, परिवेश र साथी-भाई कोइरालाका मनमा अट्ने महत्वपूर्ण तत्व हुन्। अमेरिकाबाट ९ वर्षको प्रवासी जीवन बिताएर २०६९ मा नेपाल फर्केका कोइरालाले धेरै कुरा गुमाईसकेको भान भयो; प्रदुषित माटो, भविष्यको खोजीमा विदेश पलायन भएका युवाहरु, पाश्चात्य संस्कृतिको हावी भएको समाज, बिल्कुल नयाँ थियो उनको लागि। राष्ट्र बदल्न आफु स्पष्ट हुनुपर्ने धारणा बोकेर युवाका समस्या नजिकबाट नियाल्न कोइराला अध्ययन गर्न थाले। रोजगारीको क्षेत्रमा स्थापित मेरोजब डट कम र इडियुसञ्जाल जस्ता संस्थासंग प्रत्यक्ष ८ वर्ष काम गर्ने क्रममा शिक्षा प्रणाली र रोजगारदाता बिचको अन्तर पत्ता लगाए। अहिलेसम्म ५० हजार बढी युवाहरुलाई तालिम दिइसकेका कोइराला विभिन्न युवाहरुले संचालन गरेका एक दर्जन संस्थामा सल्लाहकार, मेण्टर, अतिथी प्रशिक्षकका साथ-साथै अन्य स्वयंसेवी भूमिकामा छन्। सयौ प्रतिस्पर्धात्मक कार्यक्रममा कतै निर्णायक त कतै सहजकर्ता भएका उनले नेपालमा अनवरत युवाको क्षेत्रमा काम गर्दै आएका छन्।

कोइराला दिनहुँ विहानीको शारीरिक अभ्यासका लागि वरिपरी हिड्ने क्रममा ५० को दशकको नागार्जुन सम्झनछन; पौडी खेलेका पल आँखामा छाउँछ तर अहिले खोला ढलले दुर्गन्धित छ, वनजंगल छिर्छन तर पहिलेजस्तो चराचुरुंगी र जनावर भेटिन्नन, ऐसेलु-चुत्रो खाने ठाउँ फोहोरका पोकाले छोपिएका छन्, अनि यस्ता समस्याको सूची कति हो कति। कोइराला सोच्छन, "त्यहिँ अवस्था नहोला तर हाम्रो नगरपालिका धेरै सुन्दर बनाउन सकिन्छ, आजको भन्दा धेरै गुणस्तरीय।" स्वअध्ययन र अन्वेषणपश्चात कोइराला नागार्जुन विकासको खाका कोर्न थाल्छन।

Connect with me

author

कार्ययोजना

परिवर्तन र रुपान्तरणका

स्थानीय विकास

१. नगरपालिकामा स्थानीय विकास (सडक-निर्माण तथा स्तरोन्नति, खानेपानी, ढल-व्यस्थापन लगायत) का कार्यक्रम तिव्रगतीमा बढाइने।

१. नगरपालिकामा स्थानीय विकासका कार्यक्रम तीव्र गतिमा बढाइने
  • सडक–निर्माण तथा स्तरोन्नतिः नगरपालिकालाई अन्य पालिका वा जिल्लासँग जोडिने मार्गलाई उच्च प्राथमिकतामा राखेर गुणस्तर सडक निर्माण तथा मर्मत, हरेक घरसम्म कालोपत्रे सडकको व्यवस्था र सडक सरसफाइ अभियान थालिने ।
  • खानेपानीः नगरपालिकामा ५० प्रतिशतभन्दा बढी नागरिकलाई खानेपानी उपलब्ध नभएको हुनाले वरिपरिका मुहानबारे अध्ययन–अनुसन्धान गरेर प्रभावकारी सञ्चय तथा वितरणमा जोड दिने ।
  • ढल व्यवस्थापनः नगरपालिकामा भएका सम्पूर्ण खोलानाला सरसफाइ गर्नुका साथै ढल र पानीको निकास फरक–फरक तवरबाट गरिने ।
  • सडक छेउका खम्बा र तार व्यस्थापन, उचित पार्किङ्गको व्यवस्थाः नगरपालिकाका सडक छेउछाउका बिजुलीका खम्बा र तारको व्यवस्थापन गर्ने, सवारी साधनको पार्किङ्गलाई ठाउँ तोक्ने र सरलीकरण गर्ने ।
content marketing icon

२. फोहोर-मैला व्यवथापनमा नयाँ प्रविधिको विकास गरेर नगरपालिकालाई स्वच्छ र हराभरा राखिने।

२. फोहोरमैला व्यवथापनमा नयाँ प्रविधिको विकास गरेर नगरपालिकालाई स्वच्छ र हराभरा राखिने
  • जनचेतना कार्यक्रमः स्थानीय युवा समूहलाई स्वयंसेवाका प्रक्रियाबाट हरेक महिना वडास्तरीय सडक तथा टोल सरसफाइ कार्यक्रमको थालनी गर्ने ।
  • फोहोरमैला व्यवस्थापनः हरेक सार्वजनिक स्थलमा सड्ने, गल्ने र कुहाउन नसकिने फोहोरमैला छुट्टिने गरी डस्ट्विनको प्रयोग गरिने । वडाले व्यस्थापन तथा आय–आर्जन गर्ने ।
  • अध्ययन–अनुसन्धानः नगरपालिकाबाट निस्कने फोहोरमैला र त्यसबाट उत्पादन गर्न सकिने उर्जा, प्राङ्गारिक मल वा अन्य उपभोग्य वस्तुका बारे व्यापक अध्ययन गरेर प्रतिवेदन तयार पार्ने, सार्वजनिक बहसपश्चात उचित कार्यक्रम ल्याइने ।
  • संरक्षण र संवद्र्धनः नगरपालिकामा रहेका वनजङ्गलको संरक्षण, थप वृक्षारोपण, अब बन्ने घरमा एक घर एक विरुवाको अवधारणा, फोहोर बाल्न नियन्त्रण तथा अन्य कार्यक्रम ल्याएर वायुको गुणस्तरमा सुधार गर्ने । हराभरा र धूँवा धुलोरहित सडक रहनेछ ।
Mobile Application icon

३. नगरपालिकाका हरेक घरलाई याड्रेस लोकेटर प्रणालीमा राखेर हुलाकी माध्यमको विकास गर्ने र स्थानीय सरकारसँगको सुचना-प्रवाहमा सहजताको माहोल शृजना गर्ने।

३. नगरपालिकाका हरेक घरलाई एड्रेस लोकेटर प्रणालीमा राखेर हुलाकी माध्यमको विकास गर्ने र स्थानीय सरकारसँगको सूचना प्रवाहमा सहज वातावरण सिर्जना गर्ने
  • नगरबासीको सूचना सञ्चीकरणः नगरपालिकाका सम्पूर्ण घरधुरीको विवरणलाई केन्द्रीकृत गरी हुलाकी सेवाको सर्वसुलभतामा ध्यान दिइने ।
  • मेलबक्स प्रणालीको विकासः हरेक घर, कार्यालय र हाउजिङ्गमा चिठ्ठीपत्र र अनलाइन किनमेलका सामान सहज रूपमा घरघर पुग्नका लागि मेलबक्स राखिने ।
प्रशासनिक कार्यलाई डिजिटल

४. नगरपालिकाका सम्पूर्ण प्रशासनिक कार्यलाई डिजिटल बनाएर नागरिक सुविधामा प्रभावकारीता स्थापना गरिने।

४. नगरपालिकाका सम्पूर्ण प्रशासनिक कार्यलाई डिजिटल बनाएर नागरिक सुविधामा प्रभावकारिता स्थापना गरिने
  • वेबसाइट र एपको निर्माणः पहिलो चरणमा नगरपालिकाको वेबसाइट र दोश्रो चरणमा एपको निर्माण गरिने ।
  • डिजिटल सूचनामा जोडः नगरपालिकाका ७० प्रतिशत बढी नागरिक दिनहुँ कार्यव्यस्ततामा रहने हुनाले वेबसाइटमा घरको कर, दर्ता दस्तुर र आवश्यक कागजातका बारेमा स्पष्ट सूचना राखिने र विभिन्न काम वेबसाइट र एपबाटै गर्न सकिने प्रणालीको विकास गर्ने ।
  • ई–भुक्तानीलाई प्राथमिकताः नगरपालिकाको आय–व्ययको विवरणलाई पारदर्शी राख्न ई–भुक्तानीलाई प्राथमिकतामा राखिने ।
  • अग्रिम बुकिङ्गको व्यवस्थाः नगरपालिकाका विभिन्न सांस्कृतिक, पर्यटकीय, धार्मिक र अन्य ठाउँ जान टिकेटको जरुरी हुने भए अनलाइनबाट अग्रिम बुकिङ्ग र ई–टिकेटको थालनी गर्ने ।
  • विश्वसनीय प्रक्रियाको विकासः नगरपालिकासँग सम्बन्धित सम्पूर्ण कामका रसिद, सिफारिस र अन्य व्यक्तिगत वा संस्थागत दर्ताका कागजात घरैमा पुर्याइने ।
धार्मिक, पर्यटकीय, सांस्कृतिक, सामुदायिक र प्राकृतिक सम्पदाको

५. नगरपालिकाका धार्मिक, पर्यटकीय, सांस्कृतिक, सामुदायिक र प्राकृतिक सम्पदाको सूचीकरण गरेर संरक्षण तथा प्रवर्दनका कार्यक्रम संचालन गरिने।

५. नगरपालिकाका धार्मिक, पर्यटकीय, सांस्कृतिक, सामुदायिक, कृषिजन्य र प्राकृतिक सम्पदाको सूचीकरण गरेर संरक्षण तथा प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने
  • साइकलिङ तथा हिँडडुल गर्ने लेनको विकासः हाम्रो नगरपालिका तिनतिरबाट वनजङ्गलले घेरिएकोले पर्यटन प्रवद्र्धन र स्थानीय आर्थिक सम्मुन्नतिका लागि हाइकिङ र साइकलिङ लेनको योजना बनाएर वार्षिक प्रतिस्पर्धाका कार्यक्रम सञ्चालन गरिने ।
  • वैकल्पिक तरकारी बजार निर्माण तथा कृषि उत्पादनमा जोडः काठमाडौँमा धादिङबाट अधिकतम तरकारीको आयात हुने हुनाले नगरपालिकामा वैकल्पिक तरकारी बजार स्थापना गर्ने, प्रत्येक वडामा कौसीखेतीबारे तालिम दिएर दैनिक आवश्यक तरकारीको खेती गर्न उत्प्रेरित गरिने ।
  • धार्मिक एवं सांस्कृतिक मेलाको थालनीः नगरपालिकामा भएका धार्मिक एवं सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्न बर्सेनि मेलाको आयोजना गर्ने ।
  • स्थानीय वस्तुको किनबेचका लागि हाटबजारः हरेक तीन महिनामा स्थानीय उत्पादन तथा रचनात्मक सामान किनबेचको लागि हाटबजारको अवधारणा ल्याएर नगरबासीको मेहनतको उच्च कदर गरिने ।
  • प्राकृतिक सम्पदाको सूचीकरण तथा संरक्षणः नगरपालिकामा रहेका प्राकृतिक सम्पदाको बारेमा प्रसस्त जानकारी राखेर संरक्षणमा जोड दिने ।
जातिय, धार्मिक एवं सांस्कृतिक

६. नगरपालिकामा बसोबास गर्ने जातिय, धार्मिक एवं सांस्कृतिक विविधतालाई समेटेर बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकहरुको लागि सुलभ शिक्षा, स्वास्थ्य र मनोरन्जनका विभिन्न समावेशी कार्यक्रम (बीमा, छात्रवृति, सामुदायिक भवन, पुस्तकालय, पार्क) संचालन गरिने।

६. नगरपालिकामा बसोबास गर्ने जातिय, धार्मिक एवं सांस्कृतिक विविधतालाई समेटेर बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकका लागि विभिन्न समावेशी कार्यक्रम सञ्चालन गरिने
  • बालबालिका लागि गुणस्तरीय व्यवहारिक शिक्षाः नगरपालिकाका शिक्षण संस्थाहरूसँग समन्वय गरेर सार्वजनिक–निजी साझेदारी कार्यक्रमअन्तर्गत शिक्षक सशक्तिकरणमा जोड दिइने, शिक्षाको गुणस्तर अनुगमन तथा गरिब–जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको उचित मूल्याङ्कनसहितको व्यवस्था, नगरपालिकाले हरेक वर्ष एक चिकित्सक, दुई नर्स र एक इन्जिनियरलाई पढाउने ।
  • नगरपालिकामा पुस्तकालय, पार्क र खेल मैदानः भविष्यका कर्णधार मानिने बालबालिका र युवाको स्वास्थ्य तथा प्रयोगात्मक सिकाइका लागि सार्वजनिक स्थलमा खेल मैदान, पार्कका साथसाथै नगरपालिकाको लागि एउटा सार्वजनिक पुस्तकालयको स्थापना गरिने ।
  • जेष्ठ नागरिकका लागि स्वास्थ्य बीमा र घरघरमै वृद्धभत्ता पुर्याइनेः जेष्ठ नागरिकलाई पहिलोपटक आफैँ भेटेर भत्ता वितरण गर्ने, उहाँहरू र अन्य नगरबासीको लागि स्वास्थ्य बीमा र अस्पतालसँगको समन्वयमा सुलभ तथा सहुलियत उपचारको कार्ड वितरण, हरेक छ महिनामा निःशुल्क स्वास्थ्य सिविर सञ्चालन गरिने ।
  • सामुदायिक, धार्मिक तथा सांस्कृतिक भवनः नगरपालिकाका विभिन्न पाँच स्थलमा बालमैत्री र जेष्ठ नागरिकका लागि भेटघाट, धार्मिक कार्यक्रम तथा अन्य प्रयोजनका लागि सामुदायिक भवन–निर्माण गरिने ।
व्यवसायिक तालिम

७. नगरपालिकामा कम्तीमा एउटा प्राविधिक शिक्षा र व्यवसायिक तालिम केन्द्रको स्थापनामा जोड दिएर बेरोजगार युवाहरुलाई तालिम दिने, स्थानीय उद्यमशीलता र रोजगारीको प्रवर्दन गरिने।

७. नगरपालिकामा रहेका बेरोजगार युवालाई तालिम दिने, स्थानीय उद्यमशीलता र रोजगारीको प्रवद्र्धन गरिने
  • प्राविधिक शिक्षा र व्यवसायिक तालिमका कक्षा सञ्चालनः नगरपालिकाका उर्जाशील युवाका लागि तालिम केन्द्रको स्थापना गरेर प्राविधिक तथा व्यवसायिक तालिम सञ्चालन गरिने ।
  • रोजगारी परामर्श तथा समन्वय केन्द्रको स्थापनाः युवा साथीहरूको जोश, सोख र रुचीको विवरण राखेर सोहीअनुसारको रोजगारी वा उद्यमशीलतामा सहयोग गर्न नगरपालिका रोजगारी केन्द्रको स्थापना गरिने ।
  • स्थानीय उद्यमशीलताका लागि वित्तीय संस्थासँगको सहकार्यः नगरपालिकामा सञ्चालित विभिन्न वित्तीय संस्थासँगको सहकार्यमा उद्यमशीलताका लागि सहुलियत ऋण तथा अन्य सहजीकरणका कार्यक्रम ल्याइने ।
  • उद्यमीसँग युवालाई सल्लाह दिने कार्यक्रमः नगरपालिकामा बस्दै आउनुभएका सफल उद्यमीसँग युवालाई उत्प्रेरणा र सल्लाह दिने किसिमका कार्यक्रमको थालनी गरिने ।
सार्वजनिक-सुनुवाई

८. नागरिकहरुको प्रत्यक्ष सहभागीता हुनेगरी पाक्षिक 'सार्वजनिक-सुनुवाई' कार्यक्रम संचलान गर्ने, घर-दैलो कार्यक्रम गर्ने र नागरिकको गुनासोलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम निर्माण गरिने।

८. नागरिकको प्रत्यक्ष सहभागिता हुनेगरी सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्ने र नागरिकको गुनासोलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम निर्माण गरिने
  • नगरपालिकाका चुनौती टिपोट गरिनेः सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्न एउटा कार्यसमिति गठन गरेर हरेक वडाका समस्या र चुनौती टिपोट गरिने ।
  • विषयगत पाक्षिक सार्वजनिक सुनुवाइ कार्यक्रमः टिपोट गरिएका समस्या र चुनौतीलाई वर्गीकरण गरेर हरेक १५ दिनमा सार्वजनिक सुनुवाइ गरी निर्णयार्थ काम तुरुन्त गरिने ।
  • हरेक क्षेत्रका विज्ञको समिति गठन तथा परामर्शः नगरपालिकाका बस्ने भिन्न क्षेत्रका विभिन्न विज्ञको सूचि बनाएर छलफल पश्चात २३ सदस्यीय सल्लाहकार समिति गठन गर्ने, उहाँहरूको विज्ञताका क्षेत्रमा लगानी तथा स्थानीय रोजगारी र उद्यमशीलता सिर्जना गर्ने ।

राजन कोइराला नै किन?

कुशल व्यवस्थापन र नेतृत्वक्षमता भएका राष्ट्रप्रेमी युवा

एक्लैभन्दा टोली गठन गरेर काम गर्न रुचाउने

विज्ञ व्यक्तिबाट सिकेर कार्यान्वयन गर्ने कार्यशैली भएका

समाज बनेमात्र देश बनाउन सकिन्छ भन्ने धारणा राख्ने

नगरबासीको खुशीमै आफ्नो खुशी देख्ने स्वभाव

घर र परिवार जोडिएको अनि समग्र नागरिकको जीवनस्तर उठेको हेर्न चाहने

हरेक समस्याको समाधान कूटनीतिक तवरबाट गर्न सक्ने सीप भएका

नागार्जुनमै करिब २५ वर्ष बिताएका स्थानीय नागरिक

अमेरिकामा नौ वर्ष बसेर त्यहाँको विकासक्रम नजिकबाट अनुभव गरेका

आफ्नो सामाजिक मूल्यमान्यता र संस्कृतिको जगेर्ना गर्नुपर्ने सोच राखेका

शिक्षा, रोजगारी र युवाको क्षेत्रमा एक दशक काम गरेको अनुभव बटुलेका अभियन्ता

प्रेस/समाचार

हामीसँग जोडिनको लागि

हजुरका प्रश्न भए यहाँ राख्नुहोस।

हामी नागरिकका प्रतिनिधि हौ, त्यसैले उहाँहरुको जिज्ञासा हाम्रा लागि उत्तिकै महत्वपूर्ण छन्। आफ्ना प्रश्न वा संदेश भए यहाँ पेश गर्नुहुन अनुरोध गर्दछौ, साथै हाम्रो अभियानमा जोडिन चाहनुहुन्छ भने तलको फर्म भर्नुहुन आग्रह गर्दछौ।

इमेल:

rajankoirala@gmail.com

ठेगाना:

नागार्जुन, काठमान्डौ

यहाँहरुको सानो सहयोगले

हाम्रो अभियानमा ठुलो परिवर्तन ल्याउन मद्दत गर्दछ

'एक थुकी सुकी, सय थुकी नदी' भनेजस्तै हामी सँगै मिलेर सकेको सहयोग गर्न निम्न खाताहरु राखिएका छन्, हजुरहरुको सहयोग शत प्रतिशत चुनावी प्रचार प्रसारमा खर्च गरिनेछ; र बचेको रकम भएको खण्डमा कुनै सामाजिक संस्थामा चन्दा दिइनेछ।

Digital Wallet:

eSewa/Khalti: 9851034935

Bank A/C Details:

Ac Name: Rajan Koirala
Bank: Everest Bank Limited
Branch: Sitapaila
Swift Code: EVBLNPKA

© Copyright 2022. All right reserved.